समाज

राष्ट्रनिर्माताको कदर

काठमाडौं – राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका योगदान स्मरण गर्न यो महिनाभरि उनीबारे समाचार, टिप्प्णी, लेख र अन्तर्वार्ता प्रकाशित गर्नुपर्ने धारणा स्तम्भकार/पत्रकारहरूले व्यक्त गरेका छन्। पृथ्वीनारायणका योगदानलाई जनमानसमा फैलाउन क्रियाशील अभियन्ता भरत बस्नेतले आइतबार आयोजना गरेको स्तम्भकार÷पत्रकारको भेलामा एकीकरण अभियानको समेत चर्चा भएको थियो। उनको योगदानबारे चर्चा/परिचर्चा गर्न समेत आग्रह गरिएको थियो।

बस्नेतका अनुसार, स्तम्भकार÷पत्रकारहरूले पुसमा उनीप्रति असम्मान हुने गरी विदा हटाइएकोमा समेत चिन्ता व्यक्त गरेका थिए। उनीहरूले पुस २७ लाई राष्ट्रिय एकता दिवस मान्दै पृथ्वीनारायणलाई सरकारले सम्मान दिनुपर्ने धारणा राखेका थिए। पुस २७ मा भोजनगृहमा भेला भइ बाजागाजासहित पृथ्वीनारायणको सालिकमा माल्यार्पण गर्न जाने सहमतिसमेत भेलामा भएको थियो।

प्रकाशित: १४ पुस २०७६ ०४:२९ सोमबार

राष्ट्रनिर्माता पृथ्वीनारायण_शाह