समाज

पर्यटक तान्दै ‘घर’

भक्तपुर नगरपालिका ५ चाँंसुखेलस्थित चिटिक्क परेको परम्परागत घर ।

भक्तपुर- नेपाल भित्रिने विदेशी पर्यटक के हेर्न नेपाल आउलान्? धेरैको उतर हुन सक्छ, यहाँंको प्राकृतिक सौदर्य, मठमन्दिर, जात्रापर्व, रहनसहन इत्यादी। भक्तपुर आउने पर्यटक भने यिबाहेकका पनि हेर्न पनि यहाँं आउने गर्दछन्। पर्यटकहरु यहाँका परम्परागत घर हेर्न पनि आउने गर्दछन्।

भक्तपुर नगरपालिका वडा नं ५ (साविक वडा नं ८) चासुखेलका महेश ताम्राकार भक्तपुर घुम्न आउने धेरै पर्यटकहरु आफ्नो घर देखेर लोभिने बताउँंछन्। ‘हाम्रो घर देख्यो कि पर्यटकहरु आहा भन्दै लोभिहाल्छन् र फोटो खिच्न हतारिन्छन्, उनले नागरिकसँंग भने, हाम्रो घरको फोटो संसारभर पुग्यो होला, लाखौ फोटो खिचिए होलान्।’ हुन पनि उनको घर हेर्दै लोभ लाग्दो छ। भक्तपुरको टिपिकल परम्परागत घर जस्तो छ। सबैतिर आकर्षक काठका बुटे झ्यालहरुले भरिएका छन्। भित्र पनि उतिकै परम्परागत देखिन्छन्।

उनीहरुको यो घर भक्तपुरको प्रसिद्ध चासुखेल मन्दिरको मुनि रहेको छ। घर पाँंचतल्ले छ। घरको सबै मोहदा पूरै परम्परागत शैलीको छ। घर हेर्दै लोभ लाग्दो देखिएकाले विदेशी मात्रै होइन, स्वदेशी पर्यटकहरु तथा स्थानीयसमेत यो घरलाई वाह कस्तो राम्रो भनेर हिड्ने उनीहरु बताउँंछन्।

भक्तपुरमा परम्परागत शैलीका घर धेरै देखिन्छन् तर यस्तो विधि झ्यालहरुले भरिएको परम्परागत घर विरलै भेटिन्छन्। यहाँं धेरैले व्यवसायिक प्रायोजनका लागि यस्ता परम्परागत शैलीको देखिने घर बनाएका छन्। होटल, रेष्टुरेन्ट सञ्चालन गरी पर्यटक तान्नका लागि यस्ता घर बनाएको धेरै देखिन्छन्। तर चासुखेलको जस्तो परम्परागत देखिने घर भने सायदै देखिन्छन्।

पुरानो सहरको जीवन्तताका लागि भक्तपुर नगरभित्र आधुनिक घर बनाउन नपाइने भक्तपुर नगरपालिकाको नियम छ। मोहडामा ढलान देखाउने नपाइने, माथिल्लो तल्लामा स्ल्याब नदेखिने गरी छाना राख्नुपर्नेलगायतका नियम नगरपालिकाको छ। यसका लागि अगाडिको मोहदामा लाग्ने खर्चमा निश्चित प्रतिशत सहयोग नगरपालिकाले गर्ने व्यवस्था यहाँं छ।

भक्तपुरमा यस्ता घरलगायतका मठमन्दिर, रहनसहन, जनजीवन हेर्न धेरै पर्यटक आउँंछन्। यहाँं आउने पर्यटकहरुसँंग नगरपालिकाले प्रवेश शुल्क उठाउँंदै आएको छ। सार्क र गैर सार्क राष्ट्रका पर्यटकहरुसँंग छुटाछुटै दरमा नगरपालिकाल प्रवेश शुल्क उठाउँंदै आएको छ।

 

प्रकाशित: १२ पुस २०७६ १३:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App