समाज

१० वर्षदेखि फरार अभियुक्त पक्राउ

उदयपुर- उदयपुरमा १० वर्षदेखि फरार रहेका एक अभियुक्त पक्राउ परेका छन्। वन मुद्धामा जिल्ला अदालतबाट दुई महिना कैद सजाय सुनाइएका त्रियुगा नगरपालिका २ का ४२ वर्षीय चन्द्रबहादुर सार्की शुक्रबार दिउँसो पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

सार्की ०६६ सालमा वन मासे, हानी पुर्‍याएको आरोपमा अदालतबाट दोषी करार भए पनि प्रहरीको आँखा छल्दै फरार रहेपछि प्रहरीको खोजी सूचीमा थिए। त्रियुगा २ बाटै दिउँसो ३ बजे पक्राउ परेका उनलाई प्रहरी कार्यालयमा राखिएको छ।

उनलाई अदालतमा बुझाउने तयारी भईरहेको प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए।

प्रकाशित: १२ पुस २०७६ ०९:२१ शनिबार

फरार अभियुक्त