समाज

चोरीको मोटरसाइकलसहित दुई पक्राउ

भक्तपुर- प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं.२ दुवाकोट मोडबाट चोरीको मोटरसाइकलसहित दुईजनालाई पक्राउ गरेको छ।

प्रनानि. रमेश राईको कमाण्डमा खटिएको टोलीले बा ८६ प १४५० नम्बरको मोटरसाईकल शंका लागि चेक जाँच गर्ने क्रममा काजजात केही नभई भाग्दै गरेको अवस्थामा चालक काभ्रे अनेकोट गाउँपालिका वडा नं.१ घर भई हाल भक्तपुर ताथली बस्ने वर्ष २० को मनराज तामाङ र पछाडी सवार रामेछाप दोरम्बा बस्ने वर्ष १८ को अनिल तामाङलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।

उनीहरु दुवैलाई महानगरीय प्रहरी वृत्त ठिमीमा ल्याई सोधपुछ गर्दा उक्त मोटरसाइकलको कागजात नभएकोले महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाडौंमा समन्वय गरी बुझ्दा उक्त नं. को मोटरसाइकल चोरीको भनि खुल्न आएको प्रहरीले जनाएको छ।

उक्त नं. को मोटरसाइकल र ती व्यक्तिहरुलाई थप अनुसन्धानको लागि वृत्त ठिमीमा राखिएको छ।
                          
 

प्रकाशित: १० पुस २०७६ १४:२६ बिहीबार

चोरी मोटरसाइकल पक्राउ