समाज

जुम्लामा अपरिचित व्यक्तिको शव फेला

जुम्ला- जुम्लामा एक अपरिचित व्यक्तिको शव फेला परेको छ। जिल्लाको गुठिचौर गाउँपालिका ३ दामदासेमा अपरिचित व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

दाउरा संकलन गर्न जंगल गएका महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी प्रमुख डिएसपी लालबहादुर धामीका अनुसार शवको अहिलेसम्म पहिचान हुन सकेको छैन।

शव अन्दाजी २५ देखि ३० वर्षको देखिने ५ फिट ७ ईन्च उचाई भएको र तराई मुलको हुलिया देखिएको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।

शव पहिचानका लागि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। कुनै पनि प्रमाण भेटिएको छैन भने आफन्तजन पनि खोजीका लागि सम्पर्कमा नआएको प्रहरीले बताए।

 

प्रकाशित: ९ पुस २०७६ १४:२८ बुधबार

जुम्ला शव अपरिचित