समाज

नयाँ नेपाल निर्माणका लागि प्रार्थनाः इसाई धर्मावलम्बी

काठमाडौं– इसाई धर्मावलम्बीहरुले बुधबार विश्वभर हर्षोल्लासपूर्वक क्रिसमस पर्व मनाउँदै छन्।

नेपालमा पनि राजधानी काठमाडौं लगायत देशभर रहेका गीर्जाघर तथा पर्यटकीय बजारहरुमा मंगलबार साँझदेखिनै क्रिसमसको रमझम सुरु भएको हो।

२००० वर्ष भन्दा पहिले इजरायलको बेथलियमको एउटा गोठमा येशु क्रिष्टको जन्म भएको खुशियालीमा हरेक वर्ष डिसेम्बर २५ मा इसाई धर्मावलम्बीहरुले क्रिसमस मनाउने गर्छन्।

इसाई धर्मावलम्बीका फादर टेकराज पौडेलले नेपालमा पनि शान्ति र प्रेमको कामना सहित अन्धविश्वास हटाई नयाँ नेपाल निर्माणका लागि प्रार्थना गरिएको बताए। बुधबार बिहानैदेखि चर्चहरुमा प्रार्थना गर्ने र खुसियाली साटासाट गर्ने मानिसहरुको भीड लागेको छ।

काठमाडौं उपत्यकाका ठमेल, दरबारमार्ग, बौद्ध, भक्तपुर, जाउलाखेल लगायतका स्थानमा क्रिसमस ट्री बनाएर सजाइएको छ। त्यस्तै ठुलाठुला व्यापारिक क्षेत्रमा पनि क्रिसमस ट्री बनाई सजाइएको छ।

प्रकाशित: ९ पुस २०७६ ०८:१७ बुधबार

इसाई_धर्मावलम्बी क्रिसमस