समाज

नक्कली नोट कारोबारी पक्राउ

भक्तपुर – प्रहरीले नक्कली नोट कारोबार गरेको आरोपमा चार बंगलादेशीलाई पक्राउ गरेको छ। दुई छुटाछुटै स्थानबाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

बंगलादेश फरिदपुर घर भएर हाल लोकन्थली बस्दै आएका २६ को सुमन खान र बंगलादेश नेत्रकुना घर भएर भक्तपुर लोकन्थलीमा बस्दै आएका ४१ वर्षीयको अलि अहमद, २१ वर्षीय रोबेल मिक्दा र महमद उल्लाहालाई पक्राउ गरिएको बताइएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरले मध्यपुर थिमि नगरपालिका–१ मा रहेको परिधि गिफ्ट सपबाट सुमनले सामान खरिद गरी नक्कली नोट दुई हजार दिएर फरार भएको सूचना प्राप्त भएपछि प्रहरीले उनीहरूलाई खोजेर पक्राउ गरेको थियो। सूचना भएपछि तत्काल घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान गर्दा लक्ष्मी सिलाई केन्द्रमा काम गर्ने गरेको फेलापरेको थियो।

त्यसपछि प्रहरीले उनको कोठामा खानतलासी गर्दा एक हजार रुपैयाँका १६ वटा र फेला परेको थियो। त्यसपछि उनीलायृ पक्राउ गरिएको प्रहरीले बताएको छ। उनको कोठामा बस्ने अन्य तीन जनालाई पनि प्रहरीले पक्राउ गरेर भक्तपुर जिल्ला अदालतमा पेश गरी मुद्रा सम्बन्धी कसुरमा म्याद थप गरेर अनुसन्धान सुरु गरेको बताइएको छ।

प्रकाशित: ९ पुस २०७६ ०३:१४ बुधबार

नक्कली_नोट कारोबार पक्राउ