समाज

पाँच वर्षपछि प्रहरी पक्की भवनमा

खोटाङ– खोटाङको जन्तेढुंगा गाउँपालिका–१ देबिस्थानस्थित प्रहरीचौकी देविस्थानको नयाँ भवन निर्माण गरिएको छ। 

राष्ट्रिय पुःननिर्माण प्राधिकरण कोषको १ करोड ७८ लाख १५ हजारको लागतमा प्रहरीचौकीको साँढे दुई तले पक्की भवन निर्माण गरिएको हो। भूकम्पले भवन भत्किएपछि प्रहरीहरु अस्थायी भवनबाट सृवा दिदैं आएका थिए।

कार्यालय, व्यारेक, मेस तथा शौचालय सहितको प्रहरीचौकीको भवन १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले उद्घाटन गरे। पक्की भवन निर्माण भएपछि प्रहरीको दैनिक कामकाज सञ्चालन गर्न सहज भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। 

प्रकाशित: ८ पुस २०७६ ०८:०३ मंगलबार

प्रहरीचौकी