समाज

सिकिस्त सुत्केरीको हवाई उद्धार

खोटाङ– खोटाङमा अधिक रक्तश्राव र रक्तचापका कारण सिकिस्त बनेकी सुत्केरी महिलालाई हवाई उद्धार गरिएको छ। महिला, बाल बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत नेपाली सेनाको हेलीकोप्टर प्रयोग गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल हाटडाँडाकी २६ वर्षीया एलिना कार्की (श्रेष्ठ)को उद्धार गरिएको हो।

जिल्ला अस्पताल खोटाङमा शनिबार बेलुका शल्यक्रीया गरेर स्वस्थ बच्चा जन्माएकी श्रेष्ठलाई थप उपचारका लागि आईतबार रेफर गरिएको जिल्ला अस्पतालका निमित्त प्रमुख रोशन ग्वाँछाले बताए। बिरामीको अवस्था नाजुक भएपछि जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालयको अनुरोधमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत हेलीकोप्टर झिकाएर सुत्केरीलाई उप उपचारका लागि काठ्माण्डौं लगिएको हो। उनलाई प्रशुतीगृह थापाथली पुर्‍याइएको छ। नवजात शिशुको अवस्था सामान्य रहेको बताइएको छ।

शल्यक्रियापछि रगत अभाव हुँदा उनलाई नेपाल रेडक्र सोसाईटी जिल्ला शाखा खोटाङका मन्त्री छत्रकुमार बजिमयले समेत रगत दान गरेका थिए।

दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गर्ने राष्ट्रपति महिला उत्थान कार्यक्रम सुरु भएपछि यस अघि हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारकी २३ वर्षीय रविता विक र खोटेहाङ गाउँपालिका–३ सावाकटहरेकी विममाया विकको उद्धार गरिएको थियो।

प्रकाशित: ६ पुस २०७६ १४:२० आइतबार

सिकिस्त सुत्केरी हवाई उद्धार