समाज

६ किलो कोकिनसहित बेलारुस र बोलिभियाका ४ नागरिक प्रहरीद्वारा सार्वजनिक

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो लागूऔषध कोकिनसहित ४ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बेलारुसका २१ वर्षीय पाभेल भेसिलयु र २१ वर्षीया एलिना एल्डोसाइनाला रहेका छन्। उनीहरुको दुईवटा सुटकेसबाट ६ किलो कोकिन बरामद भएको हो। 

उनीहरुले सुटकेसभित्र ज्याकेटमा फल्स बटन बनाएर कोकिन लुकाएका थिए। पक्राउ परेका बेलारुसका नागरिकको बयानका आधार बोलिभियाका दुई नागरिक समेत पक्राउ परेका छन्।

लाजिम्पाटमा रहको होटल लास्ट गार्डेनको कोठा नम्बर ३०४ बाट उनीहरु प्रहरी नियन्त्रणमा परेका हुन्। पक्राउ पर्नेमा बोलिभियाका रोबर्टो कार्लोस मेरुविया मेरिइस र राउल जम्ब्राना ओर्डोनेज रहेका छन्।

उनीहरुमाथि लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ पुस २०७६ १२:३१ आइतबार

कोकिन विदेशी_नागरिक