समाज

‘नीति र संरचनागत सुधार गर्नुपर्छ’

काठमाडौं – आगामी पुष १६ गते अर्थात सन् २०२० को पहिलो दिन ‘जनवरी १’का दिन नेपालले भ्रमण वर्षको औपचारिक सुरुवात गर्दैछ। नेपाललाई पर्यटनका माध्यमबाट आर्थिक रूपमा सबल बनाउने र विश्व अर्थतन्त्रमा आफ्नो बलियो उपस्थिति देखाउने रणनीतिका रूपमा भ्रमण वर्ष २०२० लाई लिइएको छ। यसको लागि सरकारको २० लाख विदेशी पर्यटक भिœयाउने लक्ष्य छ।

तर प्रयाप्त पूर्वाधार निर्माणमा नीतिगत सुधार नभएको गुनासो उद्घाटनको पूर्वसन्ध्यामा आइरहेक छन्। तर भ्रमण वर्षलाई भव्य बनाउनको लागि संस्कृती, पर्यटन तथा नागरिक उ·ययन मन्त्रालय, भ्रमण वर्ष सचिवालय, पर्यटन बोर्डलगायतका निकायको चटारो कम भने छैन। अहिले यी सबै निकायमा कर्मचारी तथा विभागीय प्रमुख भट्नै मुस्कील छ।

भ्रमण वर्ष २०२० का लागि संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका फोकल पर्सन घनश्याम उपाध्यायका अनुसार सबै कर्मचारी भ्रमण वर्षको तयारीमा जुटेका छन्। दैनिक जसो बैठक, छलफल सञ्चालन भइरहेको उनले बताएका छन्। ‘मन्त्रालयमै बसेरभन्दा पनि सचिवालयका कर्मचारी, नीजि क्षेत्र तथा अन्य सरोकारवाला निकायसँग निरन्तर छलफल गरिरहनुपर्ने भएका कारण मन्त्री, सचिवलगायत सबै पदाधिकारी व्यस्त छौँ।’ उनले भने।

पर्यटन मन्त्रालयले आगामी १६ गते बुधबार दिउँसो ३ बजेको उद्घाटन कार्यक्रमको तयारी पनि उत्तिकै तीव्र बनाइएको छ। राष्ट्रपती बिद्यादेवी भण्डारीले उद्घाटन गर्ने देश तथा विदेशस्थित कुटनीटिक व्यक्तीहरूको पनि उपस्थिती रहने पर्यटन सचिवालयले जानकारी दिएको छ। उक्त दिन सरकारले नेपालस्थित विदेशी दूतावासलाई विशेष निम्ता गरेर सम्बन्धीत देशका नागरिकलाई नेपाल भ्रमणका लागी निम्तो पठाउने छ।

भ्रमण वर्ष सचिवालयका अनुसार गएको वर्ष सन् २०१८ मा १२ लाख, सन् २०१९ को नोभेम्वरसम्म १२ लाख विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन्। सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकरको योजना छ। त्यसको लागि सरकारले विशेष प्याकेज र योजनाहरू समेत सार्वजनिक गरेको छ।

भ्रमण वर्ष २०२० सचिवालयका सदस्यसचिव बच्चुनारायण श्रेष्ठका अनुसार जनवरी १ मा नेपालमा उद्घाटन भएसँगै जनवरी ७ मा विभिन्न देशमा रहेका नेपाली दूतावासमा समेत पर्यटन वर्षको उद्घाटन गर्न कार्यक्रम रहेको छ। सम्बन्धित देशका नागरिकलाई नेपाल भ्रमणको निम्तो दिनको लागि विदेशस्थित नेपाली दूतावासमा समेत पर्यटन वर्षको उद्घाटन गर्ने सरकारको तयारी छ।

‘हामी जसरी पनि २० लाखभन्दा बढी पर्यटक नेपालमा ल्याउने प्रयत्नमा छौं। केही तलमाथि होला तर त्यसरी हाम्रो तयारी कम नगर्नको लागि काम भइरहेको छ।’ सदस्यसचिव श्रेष्ठले भने। भ्रमण वर्षको औपचारीक सुरुवात काठमाडौंको टुँडिखेलमा मात्रै नभई सबै प्रदेश, विभिन्न पर्यटकीय क्षेत्रमा पनि पनि उद्घाटन गरिने सचिवालयका सञ्चार संयोजक पिताम्बर सिग्देलले जानकारी दिए।

विदेशी पाहुनालाई स्वागत गर्न नेपालका पर्यटन व्यवसायी पनि आफ्नो तर्फबाट तयारीमा जुटिरहेका छन्। त्यसका लागि सरकारले नीतिगत र संरचनागत सुधार गर्नुपर्ने उनीहरूको सुझाव छ। सिमीत पर्यटकीय गन्तव्य खुलाउन, यातायात क्षेत्र सुधार्न, प्रवेश शुल्क कम गर्न, हवाई शुल्क घटाउन पर्यटन व्यवसायीको सुझाव छ। ट्रेकिङ एजेन्सी अफ नेपाल टानका अध्यक्ष खुमबहादुर सुबेदीले सरकारले भौतीक पूर्वाधारमा तत्काल सुधार गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: ४ पुस २०७६ ०४:२६ शुक्रबार

भ्रमण_वर्ष