समाज

औषधि पसलमा शिलबन्दी

भक्तपुर- लागुऔषाधि बाहेकका अन्य औषाधिहरुको खाली बट्टाहरु मात्रै राखिएको पाइएपछि भक्तपुरको एउटा औषधि पसल बन्द गरी सिलबन्दी गरिएको छ। भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा दुधपाटीमा औषाधिहरु अनुगमनका क्रममा भक्तपुर नगरपालिका वडा नं १ दुधपाटीमा अवस्थित भैरब फार्मेसीको नाममा दर्ता भएको औषाधि पसल बन्द गरिएको जनाइएको छ।

अनुगमनका क्रममा व्यवसायी अनुपस्थित रहेको साथै लागुऔषाधि बाहेकका अन्य औषाधिहरुको खालि बट्टाहरु मात्रै राखिएको पाइएकोले पसल बन्द गरी सिलबन्दी गरेको जनाएको छ। औषाधि विभागका फार्मेसी अधिकृत मुकेन्द्र पंजियार, फार्मेसी अधिकृत उमंग त्रिपाठी, फार्मेसी अधिकृत सुरेन्द्र बोहरा, फार्मेसी सुपरभाईजर भिष्म सापकोटाले काम तामेली गरेको निरीक्षणमा सहभागी वडानिरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए।

अनुगमनका क्रममा भैरब फार्मेसीका गोपाल थपलियाले भक्तपुर अस्पतालको बिमाको फार्मेसी बेलुका ६ बजे बन्द हुने र साझाको औषाधि पसलमा उपलब्ध नहुने भएकोले केही औषाधि उपलब्ध नभएकोले आकस्मिक कक्षको लागि अति आवश्यक भएकोले चौबीसे घण्टा सेवा दिई उक्त औषाधि उपलब्ध गराएको जनाइएको छ। त्यस्तै अनुगमनकै क्रममा दिप फर्मा प्रा.लि. नविकरण गर्नुपर्ने, म्याद नाघेको औषाधिहरु छुट्टै राख्ने व्यवस्था गर्नुपर्ने, औषाधि पसलमा बस्ने व्यक्ति औषाधि विभागको अनुमतिपत्रसहितको पसल धनीले सिफारिस भएको हुनुपर्ने सुझाब दियो।

त्यस्तै डोलेश्वर फर्मा नविकरण गर्नुपर्ने, रोज डेण्टल केयर प्रा.लि. नविकरण गर्नुपर्ने, प्यानसहितको बिक्री विल दिने व्यवस्था गर्नुपर्ने, सरसफाईमा ध्यान दिनुपर्ने, प्राइम डेण्टल नविकरण गर्नुपर्ने, सरसफाई तथा औजार उपकरण निर्मलीकरण व्यवस्थापन गर्ने सुझाब दियो। त्यस्तै अधिकारी फर्मेसी पसल दर्ता नभएकोले त्यही दर्ता गराई उत्तम मेडिकल, अल्फा मेडिकल हल अनुगमन गरेको थियो।

अनुगमनमा अनुगमन समितिका हरिराम सुवाल, रोशनमैया सुवाल, भनपा श्यानिटेशका नगर निरीक्षक दिलिपकुमार सुवाल, वडा निरीक्षक प्रजापति, कर शाखाका मोहनदेबी व्याञ्जू, महानगरीय प्रहरी प्ररिसरका प्रहरी हवल्दार नानु लामा, अंगराज परिया, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, जिल्ला जनस्वास्थ्य भक्तपुरका धनञ्जय आचार्यको सहभागी रहेको जनाइएको छ।

 

प्रकाशित: ३ पुस २०७६ १२:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App