समाज

राउटेले मन्त्रालयलबाट पाएको खाद्यान्न बेचे

दैलेख– सामाजिक विकास मन्त्रालयले राउटेका लागि दिएको खाद्यान्न बेचेका छन्। उनीहरुले बस्तीमा वितरण गरिएको दाल बाहिर सस्तो दरमा बेचेका हुन्।

राउटे बस्ती रहेका ठाउँदेखि नजिक रहेको वुबैराखे बजारका स्थानीयलाई बेचेका छन्। गाउँपालिकाले राउटे हेर्नका लागि आउनेलाई टिकट काट्न राखेको कर्मचारी नगेन्द्र योगीले आफुसँगै दाल किन्ने स्थानीयहरुलाई बस्तीमै लगेको नाम नछाप्ने शर्तमा स्थानीयले बताए।

बेच्न हुँदैन भनेर राउटेलाई सम्झाउन छाडेर कर्मचारीले नै किन्ने मान्छे लगेको आरोप स्थानीयले लगाए। राउटे मुखिया विरबहादुर शाहीले दाल बाहिर बिक्री भएको बताए। राउटे युवाहरु दिपक शाही र कमल शाहीले दाल बिक्री गरेका हुन्। बस्तीमा २५ किलो मासको दाल र २५ किलो मसुराको दाल मन्त्रालयबाट मंसिर २७ गते दिइएको थियो। दालसँगै उनीहरुलाई चामल, नुन र तेलसमेत दिइएको थियो। उनीहरुलाई हेरचाह गर्ने कर्मचारीहरु छन्।

तर, पनि त्यहाँ वितरण गरिने सामानहरु प्रयोग नगरेर स्थानीयहरुलाई सस्तोमा बिक्री गर्दै आएका छन्। राउटे बस्तीमा थुप्रै सामानहरु वितरण गरिँदै आएको छ।

प्रकाशित: ३ पुस २०७६ ०७:४८ बिहीबार

राउटे मन्त्रालयल खाद्यान्न