समाज

फरार अभियुक्त १५ वर्षपछि पक्राउ

नुवाकोट– कर्तव्य ज्यान मुद्धामा फरार रहेका दुई अभियुक्त १५ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा तार्केश्वर गाउँपालिका–५ का सन्तबहादुर तामाङ र केशव लामा रहेका छन्। 

उनीहरुले २०६१ साल बैशाख २६ गते सोही गाउँका लैलु लामालाई कुटपिट गरि घाइते बनाएका थिए। घाइते लामाको दुई दिन पछि उपचारको क्रममा जिल्ला अस्पताल त्रिशुलीमा मृत्यु भएको थियो। 

पीडित परिवारको जाहेरीको आधारमा उनीहरुलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्ज काठमाडौंले शनिबार पक्राउ गरेको हो।

ब्यूरोले सन्तलाई काठमाडौं नागार्जुन नगरपालिका–२ नाम्गेलबाट र केशवलाई काठमाडौं महानगरपालिका–१७ ढुल्कुबाट पक्राउ गरेको हो। 

पक्राउ परेका उनीहरुलाई आइतबार जिल्ला प्रहरी कार्यालय नुवाकोट ल्याइएको हो। नुवाकोट जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी उनीहरु माथि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता राजेश थापाले जानकारी दिए। 

प्रकाशित: ३० मंसिर २०७६ ११:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App