समाज

काठले लागेर सेनाका एक हवल्दारको मृत्यु

डोटी– काठको मुडा लागेर नेपाली सेनाका एक हवल्दारको मृत्यु भएको छ।

मृत्यु हुनेमा दिपायल पृतनामा रहेको गुरुबक्स गुल्ममा कार्यरत लाँलीकाँडा गाउँपालिका–६ दैलेखका ३५ वर्षीय जगतजंग थापा रहेका छन्। 

सोमबार बिहान ब्यारेक नजिकैको हजारेको डाँडाको वनबाट फाईरिङ तालिम सकेर खाना खान फर्कने क्रममा थिए। सो क्रममा माथिबाट पल्टेर आएको मुडा उनको टाउकामा लागेको थियो।

घाईते थापालाई उपचारका लागि दिपायलस्थित शैलेश्वरी अस्पताल ल्याइएको थियो। उपचारका क्रममा उनको मृत्यू भएको हो। 
थापाको टाउकोमा गम्भीर चोट लागेको थियो। 

प्रकाशित: ३० मंसिर २०७६ ११:०४ सोमबार

मृत्यु सेना