समाज

घुस लिँदालिँदै समातिए सडक कार्यालयका इञ्जिनियर

काठमाडौं । सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजन इन्जिनियर घुस लिँदालिँदै समातिएका छन्।  काठमाडौं बानेश्वरको एलिनाज बेकरी क्याफेमा सिनियर डिभिजन इन्जिनियरध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जन घुस लिँदालिँदै पक्राउ परेका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई करिब १० लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो। उनीहरूमाथि थप अनुन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रकाशित: २४ मंसिर २०७६ १३:४५ मंगलबार

घुस इञ्जिनियर पक्राउ