समाज

ज्येष्ठ नागरिकलाई न्यानो कपडा

सर्लाही – युवाहरूको एक समूहले शुक्रबार बिहान जिल्लाको लालबन्दी नगरपालिका–१ जुटपानीस्थित पद्म भुवनेश्वरी नमुना वृद्धा सेवाश्रममा आश्रित ज्येष्ठ नागरिकलाई मिष्ठान्न भोजन एवं न्यानो कपडा वितरण गरेको छ। काठमाडौंस्थित गन्तव्य सहकारी संस्थाका महाप्रबन्धकसमेत रहेका सर्लाहीको हरिवन निवासी कृष्णजंग थापाले ज्येष्ठ ननागरिलाई जाडोमा लगाउने ‘हुक’ प्रदान गरेका हुन्। त्यसका लागि हिमाली युनाइटेड क्लब हरिवनले सहजीकरण गरेको क्लबका अध्यक्ष रन्जित धमलाले बताए।

न्यानो कपडा वितरणकै अवसरमा हिमाली युनाइटेड क्लबका सदस्य दिलीप थापाले ज्येष्ठ नागरिकलाई शुक्रबार बिहान र बेलुकाको खानाको व्यवस्था गरेका छन्। त्यस्तै लालबन्दी नगरपालिका–१ नवलपुरस्थित जनता माध्यमिक विद्यालय कक्षा ११ र १२ का विद्यार्थीले पनि शुक्रबार नै आश्रमका ज्येष्ठ नागरिकलाई मिष्ठान भोजनका लागि ६ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरेका छन्। विद्यार्थी आफैंले पैसा उठाएर आश्रममा सहयोग प्रदान गरेका हुन्। सबै सहयोगीप्रति आश्रमका संरक्षक वासुदेव शरण कोइराला र अध्यक्ष भवानी कोइरालालगायतले धन्यवाद ज्ञापन गरे।

प्रकाशित: २१ मंसिर २०७६ ०२:१३ शनिबार

ज्येष्ठ_नागरिक न्यानो_कपडा