समाज

गढीमाई मेलाबाट दुई सय ५० पाकेटमार पक्राउ

बारा- गढीमाई मेलामा दुई सय ५० पाकेटमारलाई दुई हप्ताको अन्तरालमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

बाराका प्रहरी नायब उपरीक्षक रन्जित सिह राठौरले पटक पटक गरी दुई सय ५० जना पाकेटमार र मेलामा उच्छृखल गतिविधि गर्नेहरुलाई नियन्त्रणमा लिएको बताए।

नियन्त्रणमा लिएका मध्ये मंगलबार सम्म ३६ जना माथि सार्वजनिक मुद्दा दायर गरेर अनुसन्धानको दायरमा राखिएको बताए।

उनले मेलामा आएका सय जना जतिको सिक्री, पैसा र मोबाइल चोरिएको गुनासोहरु आएको र उनीहरुले गरेको गुनसो अनुसार नै व्यापक मात्रामा पक्राउ गरी अनुसन्धान गरिएको बताए।

प्रकाशित: १८ मंसिर २०७६ १२:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App