समाज

बागलुङ जीप दुर्घटना : ९ जना मृतकको पहिचान

बागलुङ- बागलुङ बडिगाड दुर्घटनामा मृत्यु भएका १४ मध्ये ९ जनाको पहिचान भएको छ। दुर्घटनामा मृत्यु हुनेहरुमा ईस्मा गाउँपालिका—५ की २५ वर्षीय रेशम थापा, इश्मा—५ का ४० बर्षिया बसुन्धारा कार्की, इस्मा—५ कै रोमया थापा, नवलपरासी बर्दघाट—२ का ६० वर्षीय भुमन कार्की छन्।

दुर्घटनामै परेर बागलुङ वडिगाड—७ का ५५ वर्षिय नरमाया खत्री, इश्मा—४ बस्ने ६५ वर्षीया झनी कार्की, इश्मा—४ बस्ने ४५ वर्षका भूमी कार्की, इश्मा—४ बस्ने २५ बर्षिय मिना बस्नेत, इश्मा—४ का ६४ वर्षिय धनबहादुर कार्कीको घटना स्थलमै ज्यान गएको छ। बाँकी ५ जनाको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १७ मंसिर २०७६ ०७:२२ मंगलबार

दुर्घटना बागलुङ