समाज

मर्मतका लागि भरतपुर विमानस्थल बन्द

भरतपुर - चितवनको भरतपुर विमानस्थल १० दिनको लागि बन्द भएको छ। विमानस्थलको धावनमार्ग र पार्किङ मर्मत तथा विस्तार गर्न लागिएकाले आइतबारदेखि १० दिनसम्म सबै उडान बन्द गरिएको विमानस्थलका सूचना अधिकारी केशव लम्सालले जानकारी दिए। उनले धावनमार्गमा पिच थप (ओभर ले) गर्न र विमानस्थलमा जहाज पार्किङ क्षेत्र विस्तारको लागि सबै उडान बन्द गरिएको बताए। उनले २०६० सालदेखि धावनमार्गमा कुनैपनि पिच नभएकाले सबैउडान बन्द गरी पिच गर्नुपरेको बताए।

भरतपुर विमानस्थलबाट काठमाडौं र पोखरा गरी दैनिक ११ वटा उडान तथा अवतरण हुदैँ आएको छ। विमानस्थलबाट दैनिक ८ सय यात्रुले सेवा लिदै आएका छन्।

प्रकाशित: १६ मंसिर २०७६ ०७:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App