समाज

धनगढीमाई नगरपालिका अगाडि शंकास्पद बस्तु

धनगढीमाइ नगरपालिकामा फेलापरेको शंकास्पद वस्तु। तस्बिरः मिथिलेश यादव/नागरिक

लहान - सिरहाको धनगढीमाई नगर नगरकार्यपालिका अगाडि फेला परेको शंकास्पद बस्तु बिस्फोटक पदार्थ भएको पुष्टि भएको छ। प्लास्टिको रातो झोलामा  राखिएको बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो।

ईलाका प्रहरी कार्यालय लहानका डिएसपी भेषराज रिजालका अनुसार उक्त झोलामा बिस्फोटक पदार्थ राखिएको थियो। झोला कसले र कतिबेला राख्यो भन्ने केही खुलेको छैन। घटनाको थप अनुसन्धान जारी रहेको उनले बताए।

प्रकाशित: १३ मंसिर २०७६ ०५:०७ शुक्रबार

शंकास्पद_बस्तु बम