समाज

चाँंगुनारायणमा यातायात गुरुयोजना

भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिकामा यातायात गुरुयोजना सुरु गरिएको छ। नगरपालिकाका सडकमा गुड्ने सवारीसाधनको तथ्यांक सहितको गुरुयोजना बनाइनेछ।

तथ्यांक संकलनमा नेपाल इन्जिनियरिङ कलेज, चाँगुनारायणमा अध्ययनरत विद्यार्थीले सहयोग गर्ने भएका छन्। यसका लागि बिहीबार कलेजमा आरेन्टेसन कार्यक्रम भयो।

कलेजका सहायक प्रिन्सिपल दीपक धामीले कलेजमा सिभिल र सिभिल रुलर इन्जिनियरिङ पहिलो वर्षका विद्यार्थीले तथ्यांक संकलनका लागि स्वयंसेवक खटिनेछन्।

कलेजका एकेडेमिक कोअर्डिनेटर मोहन केसीका अनुसार मंसिर १६ गतेदेखि कलेजका झण्डै ७० विद्यार्थी तथ्यांक संकलनमा लाग्नेछन्। उनीहरूले मंसिर ३० गते प्रतिवेदन बुझाउनेछन्।

प्रकाशित: १३ मंसिर २०७६ ०४:०९ शुक्रबार

यातायात चाँंगुनारायण