समाज

१६ किलो चरेशसहित पक्राउ

काठमाडाैं- प्रहरीले १६ किलो चरेशसहित दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले धादिङबाट काठमाडौँतर्फ आउँदै गरेको बा३ख ८३८५ र ना१ज ५५८२ नं को टाटा सुमो जाँचका क्रममा मकवानपुरका ५१ वर्षीय प्रताप मोक्तान र १९ वर्षीय सन्तोष खत्रीलाई आज पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अशोक सिंहले कालो रङको दुई झोलामा चरेश लुकाएर ल्याएको अवस्थामा मोक्तान र खत्रीलाई पक्राउ गरिएको जानकारी दिए। प्रहरीले एउटा झोलाबाट १४ किलो ५२० ग्राम तथा अर्को झोलाबाट एक किलो ९६० ग्राम चरेश बरामद गरेको हो। पक्राउ परेका व्यक्तिबारे महानगरीय प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ। रासस

प्रकाशित: १२ मंसिर २०७६ १५:२६ बिहीबार

चरेश पक्राउ