समाज

हुण्डी कारोवारी ३८ लाख रकमसहित पक्राउ

काठमाडाैं- अवैध हुण्डी कारोवारमा संलग्न रहेको आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ। उनीहरुबाट प्रहरीले रु ३८ लाख १२ हजार नगद तथा विभिन्न व्यक्तिको नाममा काटिएको चेकसमेत बरामद गरिएको छ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१८ नरदेवीस्थित अञ्जनी ओभरसिजका सञ्चालक गोवद्र्धनप्रसाद सरावगी र अर्घाखाँची शीतगङ्गा नगरपालिका–४ का २३ वर्षीय कृष्णप्रसाद भट्टराई रहेको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख सहकुल थापाले जानकारी दिए।

काठमाडौँ उपत्यकाभित्र गैरकानूनी तवरले हुण्डीको कारोवार गरी राजश्व छली गरिरहेको भन्ने सूचनाको आधारमा महाशाखाबाट खटिएको टोलीले काठमाडौँको न्युरोडबाट उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले भट्टराईबाट रु ३० लाख तथा सरावगीबाट रु आठ लाख १२ हजार बरामद गरेको हो। रासस

प्रकाशित: १२ मंसिर २०७६ १५:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App