समाज

बर्दियाका थापा काठमाडाैँमा सम्पर्कविहिन

काठमाडौं - बर्दियाको गुलरिया नगरपालिका ४ का लक्ष्मण थापा मगर सम्पर्कविहिन भएका छन्। अन्दाजी ५३ वर्षीय मगर काठमाडौंमा हराएका हुन्। बुधबार टेकु भन्सार कार्यालय नजिकैबाट हरिहर भवन ललितपुर जान भनेर निस्किएका थापा आजसम्म पनि सम्पर्कमा नआएको उनकी छोरी राधिकाले जानकारी दिइन्।

निजामति किताब खाना कार्यालयमा जान भनी बिहानै हिँडेका बुवा साँझसम्म पनि सम्पर्कमा नआएपछि प्रहरीलाई खबर गरेको उनले बताइन्। कालो ज्याकेट र नेपाली टोपी लगाएका थापालाई कतै देखे नजिकको प्रहरी कार्यालयमा जानकारी गराइ दिन उनले अनुरोध गरिन्। उनले कसैले देखे भने ९८१२४८३००३ नम्बरमा सम्पर्क गर्न अनुराेध पनि गरेकी छन्।

प्रकाशित: १२ मंसिर २०७६ ०३:३९ बिहीबार

सम्पर्कविहिन बेपत्ता