समाज

विस्फोटको अभियोगमा पक्राउ

पोखरा- पोखरा महानगरपालिका–९ नयाँबजारस्थित प्रदर्शनी केन्द्र नजीक भएको शङ्कास्पद वस्तु विस्फोटन गराएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार आज दिउँसो १२ बजेर ४७ मिनेटको समयमा विस्फोट भएलगत्तै व्यापक प्रहरी परिचालन गरेपछि तत्कालै उक्त व्यक्ति पक्राउ परेका हुन्। फोहरको थुप्रोमा शङ्कास्पद वस्तु विस्फोट हुँदा पाँच व्यक्ति घाइते हुनाका साथै सो स्थानमा पार्किङ गरी राखिएका दुई बसको पछिल्लो भागका सिसा फुटेका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए।

विस्फोटसँगै भागदौडका क्रममा पोखरा–१५ गलेश्वर बस्ने ५५ वर्षीय धनमाया सुनार, ४५ वर्षीया रमिला सार्की, ५५ वर्षीया जानकी पोखरेल र ५७ वर्षीया पूर्णमाया विश्वकर्मा र वडा नं १० की ५४ वर्षीय कृष्ण गुरुङ अधिकारी घाइते भएका प्रहरीले जनाएको छ। रासस

प्रकाशित: ११ मंसिर २०७६ १२:३३ बुधबार

विस्फोट अभियोग