समाज

नेपाललाई वर्ष मुलुक अवार्ड

काठमाडौ – मलेसियामा आयोजित टप एसिया कर्पोरेट बल २०१९ मा नेपालले वर्ष मुलुकको अवार्ड प्राप्त गरेको छ। नेपाल साहसिक पर्वतारोहणमा एसियामै उत्कृष्ट रहेको भन्दै उक्त अवार्ड प्रदान गरिएको हो।

विभिन्न अनुसन्धानले साहसिक पर्वतारोणमा नेपाल उत्कृष्ट ठहरिएकाले उक्त अवार्ड प्रदान गरिएको हो। उक्त अवार्ड मलेसियाका उप पर्यटन मन्त्री वाइबी तुआन महम्मद बख्तर बिन वान चिकले मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेलाई गत शुक्रबार एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका थिए।

प्रकाशित: ११ मंसिर २०७६ ०१:२७ बुधबार

वर्ष_मुलुक अवार्ड