समाज

बालसाहित्यकार कसजूको निधन

काठमाडाैं- राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त तथा राष्ट्रिय समाचार समिति (रासस) का पूर्व सञ्चालक समिति सदस्य, बालसाहित्यकार विनयकुमार कसजूको मंगलबार निधन भएको छ। ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका कसजूको मंगलबार दिउँसो निधन भएको हो। 

मुटु र श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित भएका उनी गत कात्तिक १९ गते अस्पताल भर्ना भएका थिए। गुल्मीको रिडीमा २००४ सालमा जन्मिएका कसजूका श्रीमती र तीन छोरा हुन्। उनका दुई सयभन्दा बढी बालकथा प्रकाशित छन्। 

नेपालको ग्रामीण पत्रकारिता र सामुदायिक रेडियोका अभियन्ता कसजूले देउराली पत्रिका प्रकाशनसमेत गरेका थिए। कसजूले बालबालिकालाई कविता र कथा लेख्न सिकाएका थिए। रासस

प्रकाशित: १० मंसिर २०७६ १३:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App