समाज

एकताकाे पढाईका लागि कार्कीको सहयोग

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ)का केन्द्रीय सदस्य तथा नेपाली कांग्रेस सोलुखुम्बुका नेता प्रकाशसिंह कार्कीले महाकुलुङ गाउँपालिकाकी जेहेन्दार विद्यार्थी एकता कुलुङको उच्च शिक्षाका लागि १ लाख भन्दा बढी आर्थिक सहयोग गरेका छन्। सोलुखुम्बुबाट काठमाडौं आई पत्रकारिता गरिरहेका पत्रकारहरुसँगको भेटघाट कार्यक्रमबीच कार्कीले डिप्लोमा फार्मेसी अध्ययन गरिरहेकी कुलुङलाई १ लाख ३ हजार ३०० रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका थिए।

आगामी दिनमा एकताको पढाईलाई हेरेर सहयोगलाई निरन्तरता दिने घोषणासमेत गरेका छन्। एकताको बुवाआमा बितिसकेका र उनको पढाईलाई निरन्तरता दिन कठिनाई भएकाले कार्कीले आर्थिक सहयोग गरेका हुन्। सोलुखुम्बुमा कार्की समाजसेवीका रुपमा चिनिएका छन्।

प्रकाशित: १० मंसिर २०७६ १२:३६ मंगलबार

आर्थिक_सहयोग