समाज

डोल्पामा २२ गतेदेखि वार्षिक परीक्षा

डाेल्पा- डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका अन्तरगतका  ३१ वटा विद्यालयमा २२ मंसिरदेखि वार्षिक परीक्षा सञ्चालन हुने भएकाे छ। २२ गतेदेखि परीक्षा सुरु भएर पुष दोस्रो सातासम्म नतिजा प्रकाशन हुने र करिब ४५ दिनकालागि विद्यालय बन्द हुने नगर शिक्षा प्रमुख भिमबहादुर धरालाले जानकारी दिए।

वार्षीक परीक्षामा १ देखि १० कक्षासम्मका ४२ सय विद्यार्थीहरु सहभागि हुनेछन्। अन्य जिल्लाहरुमा बैशाखमा नयाँ शैक्षिक सत्र सुरु भएर चैत्रमा सकिने भएपनि हिमाली जिल्ला डोल्पामा भने फागुनमै नयाँ शैक्षिक सत्र सुरु भएर पुष दोस्रो हप्तामा सकिने गर्छ। उपल्लाे डाेल्पामा रहेका डाेल्पाेबुद्द,शे फाेक्सुण्डाे र छार्कातांङसाेङ गाउँ पालिकामा रहेका झण्डै ३२ विद्यालयहरुमा भने कार्तिककाे दाेर्साे सातामा बार्षिक परीक्षा सम्पन्न भईसकेकाे छ।

अत्याधिक जाडाेका कारण उपल्लाे डाेल्पाका विद्यालय बैशाख र तल्लाे डाेल्पाका विद्यालयहरु फागुनसम्मकाे लागि बन्द हुने गर्छन।

प्रकाशित: ९ मंसिर २०७६ ०९:५७ सोमबार

बार्षिक_परीक्षा