समाज

हस्तकलाका सामग्री चोर्ने पक्राउ

काठमाडाैँ – प्रहरीले रु १२ लाख मूल्य बराबरको हस्तकलाका (काँस तथा पित्तल) सामग्री चोरी गरेको आरोपमा  चार जनालाई पक्राउ गरेको छ। 

महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौँ महानगरपालिका–१५ जनमार्गबाट सामान चोर्ने काभ्रेपलाञ्चोकका १८ वर्षीय दयाराम गहतराज,  २४ वर्षीय रोशन लामा, २३ वर्षीय मानबहादुर विश्वकर्मा र २२ वर्षीय रामलाल तामाङलाई आइतबार राति पक्राउ गरेको हो।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले काठमाडौँ महानगरपालिका–१५ चमतीमा काभ्रेका २९ वर्षीय रमेश रसाइलीले सञ्चालन गरेको कारखानाबाट सामान चोरी गरेको अनुसन्धानमा खुलेको जानकारी दिए।

“चोरी भएका सामग्री वनस्थलीस्थित रोशनको कोठामा लुकाएर राखेको भेटियो”, उहाँले भन्नुभयो। वृत्तले काँसको जस्तो देखिने घण्टी ४४५, काँस र पित्तलजस्तो देखिने नौसिङ्गे दोर्जे १५०, चारसिङ्गे एण्डी ११५ र घण्टीमा जोड्न प्रयोग गरिने विभिन्न पाटपुर्जा ६०५ थान बरामद गरेको छ।

प्रकाशित: ९ मंसिर २०७६ ०६:५३ सोमबार

महानगरीय_प्रहरी_वृत्त_स्वयम्भू हस्तकला पक्राउ