समाज

हलेसी मेलाको अवसरमा सार्वजनिक बिदा

खोटाङ– बालाचतुर्दशी मेलाको अवसरमा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सार्वजनिक बिदा दिएको छ।

बालाचतुर्दशीको अवशरमा त्रि–धार्मिकस्थल हलेसीमा लाग्ने मेलालाई लक्षित गर्दै नगरपालिकाले सोमबार सार्वजनिक बिदा दिएको हो। बालाचतुर्दशीको अवसरमा हलेसीमा हप्ता दिनसम्म मेला लाग्ने गर्छ।

हलेसीमा नगरपालिकाका अधिकांश स्थानीय भेला भर्न र दर्शन गर्न जाने भएकाले एक दिन बिदा दिइएको नगरपालिकाका मेयर इवन राईले बताए। 

हिन्दु, किँरात र बौद्धधर्मावलम्बीको आस्थाको केन्द्रकारुपमा रहेको हलेसीमा लाग्ने मेलालाई थप बृहत बनाउनका लागि बिदा दिएको नगरपालिकाले जनाएको छ। बालाचतुर्दर्शीको अवसरमा हलेसीमा ठूलो मेला लागेको छ।

बालाचतुर्दर्शीका दिन आफ्ना दिवंगत आफन्तको सम्झनामा सतविज छर्नका लागि दर्शनार्थीको बाक्लो भीड लाग्ने गरेको छ। मेला भर्न तथा दर्शन गर्नका लागि हलेसीमा बिहानैदेखि जिल्लाभित्र तथा बाहिरका हजारौं दशानार्थीको घुइँचो लागेको हलेसी मन्दिर व्यवस्थापन समितिले जनाएको छ। 

हलेसीमा दर्शन एवं भ्रमणका लागि नेपालका सिराहा, सप्तरी, धनुषा, जनकपुर, झापा, बिराटनगर, ईलाम, भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, भुटान, चिनको तिब्बत लगायतका ठाउँबाट दर्शनार्थी आउने गरेका छन्। सडकको सहज पहुँचसँगै हलेसीमा हाल गाडी रिजर्भ गरेर दर्शन गर्न आउने बढि देखिन्छन। 

 

प्रकाशित: ९ मंसिर २०७६ ०६:३५ सोमबार

हलेसी बालाचतुर्दशी