समाज

बुढेसकालमा फर्केको खुसी (फोटो फिचर)

आगलागि हुनुभन्दा पहिले र अहिलेका घरहरु। तस्बिरःसुमन/नागरिक

मुगु– उमेरले ६ दशक नाघेका कार्मारोङ्ग गाउँपालिका– ४ किम्रीका ६२ वर्षे साङ्गवो लामा जिन्दगीको उत्तारार्ध सबैभन्दा खुशी छन्। 

विगत भने विर्सन लायक छ। २०७५ साल बैशाख १४ गते विहान ९ बजे जिन्दगी कै अकल्पनीय र अविस्मणीय क्षण बन्यो, लामाको।  

त्यती बेला घर जलेर खरानी भयो। संगै उनका अन्य १८ जना छिमेकीका घर पनि जलेर नष्ट बने। सिंजा, अछाम, तिब्बत पुगेर चामल, नुन ल्याउँदैमा उनले दैनिकी गुज्रिन्छ। महिनौसम्म पिँठ्युमा भारी बोकेर उकाली ओराली गरेको भन्दा भयानक पीडा आगलागीबाट भयो। 

आगलागीबाट झस्किएको मनमा अहिले भने मल्हम लागेको छ। एक शौचालय सहित पाँच कोठे सुविधा सम्पन्न नयाँ घर पाउँदा लामा परिवार सहित छिमेकीलाई पीडा भुल्ने माध्यम मिलेको छ। हेरेण्डेक’ नामक गैरसरकारी संस्थाले प्रति घर ६ लाख ४५ हजारका दरले घर निर्माण गरिदिएको हो।

आगलागीपछि विभिन्न गैर सरकारी निकायले बनाई दिएका अस्थायी टहरामा हिँउद र वर्षा कटाउन उनीहरुलाई मुस्किल भयो। कर्णाली प्रदेश सरकारले चाउचाउ मात्रै बाँढेर गरेको भेदभावलाई उनीहरुले बिर्सदैनन्। 

‘दुई बर्खा र एक हिउँद टहरामा बस्यौं, आगलागि भएको दिन देखि आफन्त, इष्टमित्रले दिएको खानेकुरा खायौं’ स्थानीय ६५ वर्षका गारा लामा भन्छन्,‘हामीलाई बस्न निकै कठिन भएको थियो।’ त्यती हुँदा पनि प्रदेश सरकारले केही नगरेको उनको आरोप छ।

प्रकाशित: ७ मंसिर २०७६ १०:५४ शनिबार

आगलागी खुसी