काठमाडाैँ – गृहमन्त्री रामबहादुर थापाले सरकार शान्ति प्रकृयालाई टुंगोमा पु¥याउन प्रतिवद्ध रहेको बताएका छन्। नेपाली जनताको एकतालाई अझ सुधृढ गर्नको निम्ति सरकारले शान्ति प्रकृयालाई छिट्टै टुङ्ग्याउने गरी काम गरिरहेको जानकारी गृहमन्त्री थापाले दिए ।
शुक्रबार काठमाडौंमा आयोजित 'अन्तर्राष्ट्रिय बैद्ध एकता सम्मेलन’लाई सम्बोधन गर्दै गृहमन्त्री थापाले सरकारले राखेको समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई हासिल गर्नपनि शान्ति आवश्यक रहेको बताए ।
गृहमन्त्री थापाले देशमा अशान्ति फैलाउने तत्वहरु देखिएपनि सरकार शान्ति सुव्यवस्था कायम गर्न सक्षम रहेको समेत बताए । उनले सरकारले सुशासन र राष्ट्रिय एकतालाई जोड दिएकाले यसलाई प्राप्त गर्न भगवान बुद्धका सन्देशलाई आत्मसाथ गर्नुपर्ने बताए।
सम्मेलनमा नेपाली कांग्रेसका नेता तथा सांसद भिमसेनदास प्रधानले बुद्धका सन्देशहरुलाई सरकार तथा राजनीतिक दलहरुले आत्मसाथ गर्न सके मुलुकमा शान्ति कायम रहने बताए । विभिन्न देशबाट सहभागि रहेका बौद्ध भिच्छु लामाहरुको यो सम्मेलन दुई दिन सम्म चल्नेछ ।
प्रकाशित: ७ मंसिर २०७६ ०९:२७ शनिबार