समाज

किशोरी बलात्कार आरोपमा युवक पक्राउ

उदयपुर– उदयपुरमा किशोरीमाथि बलात्कार गरेको आरोपमा शुक्रबार एक युवक पक्राउ परेका छन्। मंसिर १ गते साँझ ५ः०० बजे जिल्लाको रौतामाई गाउँपालिका ८ चुनियापाखास्थित जंगलमा सोही ठाउँकी १६ वर्षीया किशोरीमाथि जवरजस्ती गरेको आरोपमा स्थानीय भरत रानामगर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

जंगलमा घाँस दाउरा काट्न गएकी किशोरीमाथि जवरजस्ती गरेको भन्दै पीडितका अभिभावकले कार्यालयमा दिएको किटानी जाहेरीका आधारमा प्रहरी निरीक्षकको कमाण्डमा टोली खटाई २४ वर्षीय भरतलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको हो।

मगरलाई प्रहरी कार्यालयको हिरासतमा राखेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी हरिकृष्ण केसीले बताएका छन्।  

प्रकाशित: ६ मंसिर २०७६ १३:२८ शुक्रबार

बलात्कार_आरोप पक्राउ