समाज

सिरहाका मालपोत प्रमुख पाँच लाख घुस सहित पक्राउ

सिरहा- जिल्ला मालपोत कार्यालय सिरहाका प्रमुख रामबाबु मण्डल पाँच लाख घुस रकम सहित पक्राउ परेका छन्। सेवाग्राहीसँग १० दिनदेखि रकममा वार्गेनिङ गरिरहेको उजुरीका आधारमा उनलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो।

सुकुम्बासीको नाममा रहेको जग्गाको विषयमा उच्च अदालत, विराटनगरले प्रमाण मागेपछि मालपोत पुगेका सेवाग्राहीलाई कागजपत्र दिन आनकान गर्दै उनले घुस मागेको उजुरी अख्तियारमा परेको थियो।

प्रकाशित: ६ मंसिर २०७६ ०७:२० शुक्रबार

सिरहा मालपोत घुस