समाज

कालिकोटका कटुवाल जुम्लामा मृत अवस्थामा भेटिए

जुम्ला- कालिकोट जिल्लाको तिला गुफा नगरपालिकाका एक युवा जुम्लाको हिमा गाउँपालिकामा मृत अवस्थामा भेटिएका छन्। तिला गुफा नगरपालिका १ नाग्म बालुवाका ३७ बर्षिय अकल कटुवाल हिमा गाउँपालिकाको पातरखोला नजिकै मृत अवस्थामा भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार एक युवक मृत भेटिएको जानकारी पाए लगत्तै प्रहरी निरीक्षक नविन ओली नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको थियो।

मृतक कटुवालको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान या कालिकोट अस्पतालमा पोष्र्टमार्टमका लागि लैजाने भन्ने बारेमा आफन्तजनसंग छलफल भइरहेको छ।

कटुवाल भिरबाट लडेर मृत्यु भएको हुन सक्ने प्रारम्भीक अनुसन्धान गरिएको छ। मृत अवस्थामा भेटिएका कटुवाल बारेको घटनामा अनुसन्धान सुुरु भइसकेको डिएसपी लालबहादुर धामीले जानकारी दिए।
 
 

प्रकाशित: ५ मंसिर २०७६ ०९:४२ बिहीबार

कालिकोट कटुवाल मृत अवस्था