समाज

सानको तदर्थ समिति गठन, संयोजकमा दुर्गालाल

काठमाडाैँ – सेफ्टी एसोसियसन अफ नेपाल (सान)को छाता संगठन गठन गरिएको छ । व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यको संस्थागत संरक्षण, प्रवद्र्धन र विकास गर्ने संस्था गठन गरिएको हो ।

भेलाले समिति संयोजकमा दुर्गालाल शर्मालाई चयन गरेको छ । यस्तै, सहसंयोजकमा राजेश राजवाह, सचिवमा कुलप्रसाद राई र कोषाध्यक्षमा सतिश अर्याल चयन भएका छन् ।

समिति सदस्यहरूमा दीपक लामिछाने, युवराज दर्नाल, चिरञ्जिवी सापकोटा र नारायणप्रसाद चौंलागाई चयन गरिएको छ ।

प्रकाशित: ४ मंसिर २०७६ ०४:२८ बुधबार

सेफ्टी_एसोसियसन_अफ_नेपाल तदर्थ_समिति