समाज

१७ जना जुवाडे पक्राउ

दमक – जुवा खेलिरहेको अवस्थामा झापाको भद्रपुरबाट प्रहरीले नगदसहित १७ जना जुवाडेलाई पक्राउ गरेको छ। भद्रपुर–५ स्थित बजारमा रहेको पुल हाउसमा आइतबार राति तास खेल्दै गरेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले राति ११ बजे नगदसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका  प्रवक्ता प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

पक्राउ पर्नेमा भद्रपुर–६ का ४१ वर्षीय सञ्जित घोष, ३४ वर्षीय विजय साह, ५४ वर्षीय श्रीकृष्ण अग्रवाल, ४० वर्षीय अमरदीप घोष, २४ वर्षीय रुपेश झा, ४२ वर्षीय सञ्जित साह, ४१ वर्षीय श्रवण कामती, ४६ वर्षीय कविर क्षेत्री, भद्रपुर–२ का २७ वर्षीय देवेन्द्र राजवंशी, भद्रपुर–३ का ३३ वर्षीय सागर खड्का, भद्रपुर–५ का ६५ वर्षीय बलदेव राजवंशी, २५ वर्षीय राजिप सहनी, १९ वर्षीय अनुज दास, ४१ वर्षीय गणेश सिंह, २९ वर्षीय शिव महतो, ५५ वर्षीय बुद्धनारायण महतो र भद्रपुर–४ का २८ वर्षीय रवि राजवंशी रहेको कार्यालयले जनाएको छ।

प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा उनीहरुबाट दुई लाख १० हजार ९ सय १० रुपैयाँ र भारु नौ हजार ७ सय ७०, विभिन्न कम्पनीका मोबाइल १६ वटा र एक बुक ताससमेत नियन्त्रणमा लिएको छ।
 

प्रकाशित: ३ मंसिर २०७६ ०६:४८ मंगलबार

जुवाडे पक्राउ