समाज

जीप दुर्घटनामा दुईको मृत्यु, दर्जन बढी घाइते

सांकेतिक तस्बिर

रामेछाप– जिल्लाको दोरम्बा गाउपालिका १ को डडुवामा सोमबार साँझ जीप दुर्घटना हुँदा  दुई जनाको घटनास्थलमा मृत्यु भएको छ। दुर्घटनामा परी जीप यात्रा गरिरहेका एक दर्जन बढी यात्रुहरु घाइते भएका छन्।

दोलखा जिल्लाको झोर भन्ने स्थानबाट दोरम्बा गाउँपालिका दहपाताल भन्ने ठाउँमा रिजर्भमा गएको बोलेरो सोमबार साँझ दुर्घटनमा परेको प्रहरीले जनाएको छ। दुर्घटना लगतै स्थानीयहरुले घाइतेको उद्धार गरेका थिए।

घटनाको जानकारी पाउनासाथ उद्धारका लागि दोरम्बा प्रहरी चौकीको टोलीसमेत घटनास्थल पुगेर उद्धार र उपचारका लागि स्वास्थ्य संस्था ल्याउने काम गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रुमख प्रहरी नायव उपरिक्षक सन्तोष कुमार भट्टराइले जानकारी दिए। घटनास्थलमा दुई जनाको मृत्यु भएको खबर प्राप्त भएको सनाखत भने भइ नसकेको भट्टराइले जनाकारी दिए। घाइते मध्ये केहीको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ।

दोलखाको झोरबाट रामेछापको दोरम्बामा नातेदारको घरमा छेवरमा जान लागेका ४ वटा गाडी मध्ये सबै भन्दा अगाडि रहेको जीप दुर्घटनामा परेको हो। जीपमा १५ जना सवार रहेको बताइएको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन्। घटनाको विस्तृत विवरण अझै आइ नसकेको र विवरण आउन केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। जीप सडकबाट करिव २ सय मिटर तल खसेको स्थानियले बताएका छन्।

प्रकाशित: २ मंसिर २०७६ १५:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App