समाज

नाइट क्लबमा यसरी नाचे पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलस्थित नाइट क्लब पुगेर नाचेका छन्। परिवार सहित  एलओडी नाइट क्लब पुगेका उनी नाचेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा चर्चित छ।

खैरो कोट, ढाका टोपी र टाइमा सजिएका ज्ञानेन्द्र शाहले नाच्दा नाच्दै कोट फुकाल्छन्। क्लबमा उनीसँग सेल्फी खिच्नेको भिडनै लाग्छ। उनले क्लबमा आएकाहरुलाई हात ठड्याउँदै अभिवादन समेत गर्छन्। बुहारी हिमानी, छोरी प्रेरणा पनि त्यहाँ पुगेका थिए।

 

पूर्वराजा ज्ञानेन्द्र_शाह नाइट_क्लब डान्स