समाज

लडेर पर्यटकको मृत्यु

सांकेतिक तस्विर

सोलुखुम्बु– खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको लडेर मृत्यु भएको छ। 

डेनमार्कबाट खुम्बुसोलु भ्रमणमा आएका ३५ वर्षीय पुरुष आन्ड्रेस ब्याक पेडर्सेनको शुक्रबार आइसल्याण्ड पिक आरोहण गरी फर्कने मृत्यु भएको हो।

आइसल्याण्ड पिकबाट २ सय मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए।

शवको कानूनी प्रक्रिया पूरा गरी परीक्षणका लागि हेलिकोप्टरबाट काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल पठाएको प्रहरीले जनाएको छ। उनीसहित ११ जनाको समूहमा आरोही पुटलोज इन द हिमालयन प्रालिमार्फत खुम्बु आएका थिए। रासस

प्रकाशित: १ मंसिर २०७६ ०५:१६ आइतबार

मृत्यु आइसल्याण्ड_पिक