समाज

प्रधानमन्त्री ओलीको तेस्रो पटक डायलासिस, स्वास्थ्य अवस्था कस्तो छ?

काठमाडौं – धापासीस्थित ग्राण्डी अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार फेरि डायलासिस गरिएको छ । प्रधानमन्त्री ओली विहान स्वास्थ्य उपचारका लागि ग्राण्डी अस्पताल पुगेर डायलासिस गराएका हुन्।

अस्पतालले दिएका जानरकारी अनुसार प्रधानमन्त्री ओली डायलासिस गरेर अपराहृन बालुवाटार फर्किएका छन् । अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिब्या सिंह शाहले जारी गरेको संयुक्त वक्तव्यमा प्रधानमन्त्री ओलीको अवस्था अहिले राम्रो रहेको उल्लेख छ ।

प्रधानमन्त्री ओलीको १२ वर्ष अगाडि भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्सययता त्यसको नियमित औषधि खाइरहेका थिए। तर उनको स्वास्थ्यमा पछिल्लो केही महिनायता समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएका थिए ।मिर्गौलामा राम्रोसँग काम नगरेपछि १३ कात्तिकमा पहिलो पटक डायलासिस गरिएको थियो । लगतै भोलिपल्ट दोस्रो डायलासिस ग्राण्डीमा नै गरिएको थियो ।

साउन र भदौमा सिंगापुर गएर उपचार गराए । सिंगापुर पुगेर नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत रगतमा भएको ‘एन्टीबडी’ निकालिएको थियो ।

प्रकाशित: ३० कार्तिक २०७६ १३:५५ शनिबार

ग्राण्डी_अस्पताल डायलासिस स्वास्थ्य_अवस्था केपी_शर्मा_ओली