समाज

एपीएफ टोलीद्वारा लागूऔषधसहित एक पक्राउ

पर्सा- पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित भन्सार ईलाकाबाट कार्तिक २९ गते एपीएफ टोलीले बिभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही जिल्लाको बीरगंज महानगरपालिका ३२ चोहर्नी बस्ने २४ वर्षिय नरेश महतो रहेको पर्साका सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले बताएका छन्। उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो।

भारतबाट नेपालतर्फ आउँदै गरेका निज महतोलाई शंका लागि जाँच गर्दा उनको साथमा डाईजोपाम ५० वटा, नोफिन ५० वटा र फेनारगन ४७ वटा फेला परेपछि उनलाई उक्त लागूऔषधसहित पक्राउ गरिएको हो।

एपीएफ टोलीले पक्राउ परेका महतोलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि लागूऔषध नियन्त्रण व्यूरो कार्यालय बीरगंजमा बुझाएको छ।

प्रकाशित: ३० कार्तिक २०७६ ११:३८ शनिबार

एपीएफ लागूऔषध पक्राउ