समाज

'अब छोराको किरिया गर्छु'

रौतहट - 'पुलिस प्रशासनको सात महिनाको अथक प्रयासबाट कानूनको आशा पलाएको छ। त्यो प्रयासले कानुनको आशा पलाएको थियो। अहिले न्यायाधीशको आँखामा न्याय अन्यायको तुला छ, उहाँले के गर्नुहुन्छ। अलामलाई थुनामा लगेपछि अल्ली सान्त्वना मिलेको छ। यो मेरो खुशिको आँशु हो, अब छोरोको किरिया गर्छु। मेरो छोराको मृत्यु भएको छैन भनेर भनिएको छ। हाम्रो समाजले पनि १२ वर्षसम्म नफर्किएपछि किरिया गर्नुपर्छ भन्छन्। अब अदालतले दिने आदेश आएपछि किरिया गर्छु,' आलमलाई पुर्पक्षका लागि थुनामा पठाएपछि बम विस्फोटमा ज्यान गुमाएका त्रिलोक प्रताप सिंह 'पिन्टु'का पिता श्री नारायण सिंहको भनाई हो यो। हेर्नुहोस् भिडियोमा :

प्रकाशित: २९ कार्तिक २०७६ १४:३८ शुक्रबार

राजपुर बम_काण्ड रौतहट