समाज

रुप ज्योती हाजिर जमानतमा रिहा

काठमाडौं-  उद्योगी रुप ज्योती हाजिर जमानतमा रिहा भएका छन्। उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गर्दै सरकारी वकिल कार्यालयले हाजिर जमानतमा छाड्न प्रहरीलाई पत्र लेखेको थियो। उनी महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट रिहा भएका हुन्।

१ करोड २६ लाख गठी गरेको भन्दै विगेन्द्रकृष्ण मल्लले उजुरी दिएपछि गत बिहीबार रुप ज्योती र उनकी छोरी सुरुची त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। ठगी मुद्दा दायर गर्ने व्यक्तिले जाहेरी फिर्ता लिन प्रहरीलाई निवेदन दिएपछि रायअनुसार जिल्ला सरकारी वकिल कार्यालयले ज्योतिविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको हो।

 

 

प्रकाशित: २९ कार्तिक २०७६ १०:४१ शुक्रबार

रूप_ज्योती रिहा जमानत