समाज

अज्ञात समूहले बाख्रा मार्‍यो

भोजपुर- अरुण गाउँपालिकामा अज्ञात समूहले सात वटा बाख्रा काटेर मारिदिएका छन्। अरुण गाउँपालिका–६ जरायोटारको खर्काउनेमा रणबहादुर विश्वकर्माको एउटा, बाबुराम विश्वकर्माका तीन वटा र भरत विश्वकर्माका तीन वटा बाख्रा अज्ञात समूहले काटेर मारिदिएको हो।

खोरमा बाँधिएका बाख्रा काटेर मारिदिएपछि स्थानीयवासी त्रसित भएका छन्। खर्काउनेमा तीन किसानका घरका बाख्रा काट्ने त्यही समूहले जरायोटारको केन्द्र पाल्पालेस्थित केही पसलमा तोडफोड गरेको हुनसक्ने पनि स्थानीयवासी टीकाराम बराइलीले जानकारी दिए। खोरमा बाँधिएका बाख्रा काटेर मारिएको र पसल तोडफोडको घटनापछि अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। रासस

प्रकाशित: २८ कार्तिक २०७६ १४:५६ बिहीबार

अज्ञात_समूह बाख्रा