समाज

भीरबाट लडेर महिलाको मृत्यु

उदयपुर- उदयपुरको ताप्ली गाउँपालिकामा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। सोमबार दिउसो घाँस काट्न जाँदा भीरबाट लगेर ताप्ली १ फँलाटेकी ४५ वर्षीया भरीमाया राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

जामुनको रुख चढेर घाँस काट्दाकाट्दै अचानक लडेर गम्भीर घाईते भएकी राईको उपचारका लागि कटारीतर्फ लैजाने तयारी गर्दा घरममै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।

इप्रकाको टोली घटनास्थल पुगेर शवको सर्जमिन मुचुल्का गरी पोष्टर्माटमका लागि कटारी अस्पताल ल्याउदै गरेको जनाइएको छ।  

प्रकाशित: २६ कार्तिक २०७६ १४:५३ मंगलबार

भीर महिला