समाज

सुन्तलाको जुस पिएर डा. केसीले गरे अनसन स्थगित

डडेल्धुरा– डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन्। नौ दिनदेखि अनसनमा बसेका डा. केसीले मंगलबार अपरान्ह साढे ४ बजेदेखि स्थगित गरेका हुन्।

डडेल्धुरा अस्पतालमा नौ दिनदेखि अनसन बसेका केसीले अस्पतालमा पत्रकार सम्मेलन गरी अमरगढी नगरपालिका–४ खलङ्गाका चार वर्षीय बालक श्रीआन्स जैरुको हातबाट सुन्तलाको जुस पिएका थिए।

केहि दिन अघि भारतले सार्वजनिक गरेको नक्सामा नेपालको भुभाग आफ्नो भन्दै दाबी गरेपछि आफुले अनसन स्थगित गरेको डा. केसीले बताए। डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए।

सरकारले माग पुरा नगरे फेरि पनि अनसन बस्ने केसीको भनाई छ ।

प्रकाशित: २६ कार्तिक २०७६ ११:२१ मंगलबार

डा._गोविन्द_केसी अनसन स्थगित सीमा_विवाद