समाज

जीपको ठक्करले मोटरसाइकल पस्यो टिपरको मुनि, एकको मृत्यु

बनेपा – काठमाडौबाट बनेपातर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटनामा परेको छ। अन टेस्ट मोटरसाइकलाई बिहान ८ बजे अरनिको राजमार्गको जनागालमा बा१०च २१५४ नम्बरको बोलेरो  ले ठक्कर दिएको थियो।

ठक्करका कारण मोटरसाइकल उछिट्टिएर बनेपा तर्फ आइरहेको बा३ख ७०७८नम्बरको टिपर मुनिपस्दा एक जनाको मृत्यु भएको छ।

मोटरसाइकलको पछाडि बस्ने भक्तपुर–९, च्यामासिंह बस्ने २० वर्षीय बिमल कुटुजुको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेकाप्रहरी निरीक्षक दामोदर सिलवालले बताए।

उनका अनुसार मोटरसाइकल चालक २० वर्षीय प्रेमबहादुर दाहाल घाइते भएका छन्। उनको बनेपास्थित शीर मेमोरियल
अस्पतालमा उपचार भइरहेको छ।। उनलाई थप उपचारका लागि अन्यत्र रेफर गर्न लागिएको उनले बताए।

प्रकाशित: २६ कार्तिक २०७६ ०३:४३ मंगलबार

दुर्घटना